Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एनआरएनए विश्व सम्मेलन अक्टोबर १७-२० मा काठमाडौंमा हुने


ग्लोबल पाना
सोमबार, साउन २२ २०८०
  • 222
    SHARES

  • images
    एनआरएनए विश्व सम्मेलन अक्टोबर १७-२० मा काठमाडौंमा हुने

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोबरसम्म काठमाडौंमा हुने भएको छ। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलन समेत सोही अवधिमा गर्ने औपचारिक निणर्य गरेको हो।

    images
    images
    images

    सो बैठकले संघको अगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ। डा. केसीका अनुसार संघको युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ र अध्यक्ष सहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निणर्य भएको छ। यसअघि अध्यक्ष पदको लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क भएका कारणले संघको आलोचना हुँदै आएको थियो।

    बैठकले संघको केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुल्ला गर्ने भएको छ। पहिलो चरणमा ९० प्रतिशत पूर्वपदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फट आफैले प्रतिनिधि दावी गर्न सक्ने संघले जनाएको छ। बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको कार्यसमितिको बैठकको सर्वसम्मत निणर्यवाट केन्द्रमा सिफारिश गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ।

    बैठकले असन्तुष्ट पक्षसँग गत जुन महिनामा भएको सहमतिलाई अगामी १२ अगष्टमा हुने विशेष अधिवेसनबाट अनुमोदन गर्ने निणर्य गरेको छ। यस्तै गत हप्ता गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभामा अध्यक्ष रविना थापा लगायत संघका केन्द्रीय पदाधिकारीहरु माथि भएको अपमानजनक व्यवहारको निन्दा गर्दै निवर्तमान कार्यसमितिलाई पत्र मार्फत सचेत गराउने निणर्य गरेको छ।

    बैठकले संघको ११ औं महाधिवेसनमा नयां नेतृत्वको लागि हुने निर्वाचनको तयारी सुरु गर्न यसअघि गठित निर्वाचन समितिलाई निर्देशन दिने निणर्य गरेको छ। यस्तै, बैठकले संघका नयां निर्वाचित राष्ट्रिय समितिका अध्यक्ष तथा कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिने निणर्य गरेको छ।

    संघको निर्वाचन सम्बन्धी कार्यतालिका भने पछि निर्वाचन समितिले सार्वजनिक गर्ने बताएको छ। संघको नयाँ नेतृत्वको लागि डा. बद्री केसी, रविना थापा, डा. हेम राज शर्मा, महेश श्रेष्ठ र आरके शर्माले आ आफ्नो तयारी सुरु गरेका छन्।

    यस्तो थियो पुरानो उम्मेदवारी शुल्क निर्वाचन समितिले अध्यक्षका लागि १० लाख रुपैयाँ वा १० हजार अमेरिकी डलर शुल्क तोकेको थियो भने उपाध्यक्ष तथा महासचिवका लागि ६ लाख रुपैयाँ वा ६ हजार अमेरिकी डलर, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैँया वा ५ हजार अमेरिकी डलर र सहकोषाध्यक्षमा उम्मदेवारी दर्ता गर्न ४ लाख रुपैँया वा ४ हजार अमेरिकी डलर शुल्क तोकिएको थियो।

    यस्तै महिला तथा युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मदेवारी दिन ३ लाख ५० हजार रुपैँया वा ३५ सय अमेरिकी डलर शुल्क तोकिएको थियो। निर्वाचन समितिले गरेको निणर्यअनुसार क्षेत्रीय उपसंयोजक र क्षेत्रीय महिला तथा युवा संयोजकका लागि २ लाख ५० हजार रुपैँया वा २५ सय अमेरिकी डलर शुल्क तोकिएको छ ।

    यस्तै आइसीसी सदस्यमा उम्मदेवार बन्नका लागि १ लाख रुपैँया वा १ हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ