Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी


ग्लोबल पाना
सोमबार, साउन २२ २०८०
  • 238
    SHARES

  • images
    विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं। वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्न सर्वोच्च अदालतले बाटो खोले लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी०ले पूर्वमन्त्रीहरुलाई पक्राउ पूर्जी जारी गरेको छ।

    images
    images
    images

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व उपप्रधानमन्त्री विजय गच्छदार विरुद्ध पक्राउ पुर्जीजारी भएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको सिआइबी स्रोतले जनाएको छ।

    ‘चार पूर्वमन्त्री र केही कर्मचारीलाई आइतबार नै पक्राउ अनुमति लिएको छ’, सिआइबी स्रोतले भन्यो। पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ।

    त्यसैगरी पूर्व मूख्यसचिव लिलामणी पौडेल विरुद्ध पनि पक्राउ अनुमित जारी भएको स्रोतले जनाएको छ।

    ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप लागेपछि सिआइबीले पक्राउ अनुमति लिएको हो। माधव नेपाल प्रधानमन्त्री हुँदा माधव घिमिरे मूख्यसचिव रहेको तर हाल उनको मृत्यु भैसकेको हकमा भने केही भएको छैन।

    सर्वोच्च अदालतले आइतबार मात्रै पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धान गर्न बाटो खुला गरेको थियो।

    तर आज विहानै पूर्वप्रधानमन्त्री माधव नेपाल भने युरोप लागेका छन्। बेलायत, स्वीजरल्याण्ड, स्पेन, क्रोसियाको भ्रमणमा उता गएका हुन्। उनले आफूविरुद्ध अनुसन्धानको बाटो खुला भएको जानकारी पाइसकेका छन्।

    सर्वोच्च अदालतले प्रत्यक्ष संलग्न हुनेहरुलार्य पिरामिड शैलीमा अनुसन्धान गर्न आदेश दिएको हो।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ