Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

अपराधी जोगाउन खोजे प्रतिवाद गर्ने चेतावनी


ग्लोबल पाना
सोमबार, साउन २२ २०८०
  • 254
    SHARES

  • images
    अपराधी जोगाउन खोजे प्रतिवाद गर्ने चेतावनी

    काठमाडौं। एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले कुनै पनि बहानामा अपराधीलाई जोगाउने कार्य गरेमा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

    images
    images
    images

    धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका(५ बस्ने बर्ष ४० को शिबकुमार कार्की असार ३१ गते साँझदेखि चरौँदीको हुक्का बार रेस्टुरेन्टबाट बेपत्ता भएका छन्।

    अपराधीलाई जोगाउने कार्य भए संगठनले नसहने चेतावनी दिँदै संघले शिवकुमार कार्की विगत २० दिनदेखि बेपत्ता हुँदा समेत हालसम्म कुनै पनि सत्य तथ्य सार्वजनिक नहुनेमा गम्भीर षड्यन्त्र हुन सक्नेमात्र नभई हत्या नै भएको हुन सक्ने आशंका व्यक्त गरेको छ।

    संघका अध्यक्ष सुनिल तामाङद्वारा जारी ध्यानाकर्षण पत्रमा कुनै पनि बहानामा अपराधीलाई कारवाही गर्नुको सट्टा झनै प्रोत्साहन गर्न खोजे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ