Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भोजपुरी टाईम्स दैनिकको वार्षिकोत्सवमा ह्विल चेयर वितरण


ग्लोबल पाना
मंगलबार, साउन २३ २०८०
  • 259
    SHARES

  • images
    भोजपुरी टाईम्स दैनिकको वार्षिकोत्सवमा ह्विल चेयर वितरण

    वीरगंज । नेपालको प्रमुख तेस्रो राष्ट्रिय भाषाको रुपमा रहेको भोजपुरी भाषामा पर्सा जिल्लाको वीरगंजबाट नियमित रुपमा प्रकाशित हुदै आएको भोजपुरी टाईम्स दैनिक पत्रिकाले फरक क्षमता भएका (अपाङ्ग)एक जनालाई सहयोग गरी आफ्नो १० औं वार्षिकोत्सव मनाएको छ ।

    images
    images
    images

    पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यो वर्ष बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलिया निवासी चरितर रामको १४ वर्षिय छोरा मन्दिप कुमार राम जन्मेदेखि नै अपाङ्ग रहेकोमा उनलाई एक थान ह्विल चेयर सहयोग प्रदान गरेको छ ।

    मन्दिपको जन्मेदेखि हात खुटा पूर्ण रुपमा काम नगरेकोले उनलाई हिडडुल गर्न समस्या रहेको छ । उनको घरको आर्थिक अवस्था पनि कमजोर रहेको स्थानियहरुले जानकारी गराए पश्चात पत्रिकाले अन्य कार्यक्रमहरु नगरी यो वर्ष मन्दिपलाई सहयोग गरेको पत्रिकाका प्रकाशक अजय चौरसियाले बताए ।

    पत्रिकाका प्रकाशक चौरसिया, कार्यकारी सम्पादक श्रवण प्रसाद साह र बारा प्रतिनिधि प्रभु यादवले मन्दिपको घरमै पुगेर उनका आमा छठिया देवी रामलाई सो ह्विल चेयर हस्तान्तरण गरेका थिए । सो अवसरमा युवा नेता एवं समाजसेवी ईजरायल अंसारी, स्थानिय अनिल कुशवाहा, सञ्चारकर्मी उमेश दुबे, रंजित चौरसिया, दिपेन्द्र गिरी, मुकेश चौरसिया लगायत स्थानियवासीहरुको सहभागीता रहेको थियो ।

    पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रमलाई फरक–फरक ढंगले मनाउदै आएको छ । वार्षिकोत्सवमा एउटा बन्द कोठा (हल) भित्र कार्यक्रम गरी भाषण गराउनु भन्दा पनि पिछडिएका ग्रामिण क्षेत्रहरुमा पुगी त्याहाँका गरिब, असहायहरुलाई सहयोग गर्दै आएको र आउने दिनहरुमा पनि सक्दो सहयोग गरी मनाउने पत्रिकाका बारा प्रतिनिधि प्रभु यादवले बताए ।

    पत्रिकाले ९ औं वार्षिकोत्सवको अवसरमा पनि वीरगंज स्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरुको लागि स्टेश्नरी सहयोग गरेको पत्रिका कार्यकारी सम्पादक श्रवण साहले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ