Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमाले गण्डकीको पत्रकार सम्मेलन भवन देखि पार्टी निर्माण सम्मका योजना


ग्लोबल पाना
बुधबार, साउन २४ २०८०
  • 265
    SHARES

  • images
    एमाले गण्डकीको पत्रकार सम्मेलन  भवन देखि पार्टी निर्माण सम्मका योजना

    पोखरा । ने .क .पा. (एमाले ) गण्डकी प्रदेश कमिटीले बुधबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आफ्ना विभिन्न कार्ययोजना सार्बजनिक गरेको छ । एमालेको साउन २२ गते सम्पन्न चौधौं पूर्ण बैठक तथा प्रचार सहित विभिन्न बिभागद्वारा निर्मित कार्ययोजना उक्त कार्यक्रम मार्फत सार्बजनिक गरिएको हो ।

    images
    images
    images

    कार्ययोजना अनुसार आगामी असोज १५ र १६ गते प्रदेश कमिटीको अधिबेशन सम्पन्न गर्ने,गण्डकी प्रदेश कार्यालय संचालनका लागि भवन निर्माण गर्ने ,पार्टी सदस्यताको प्रमाणीकरण श्रावण महिना भित्र गर्ने ,जिल्ला र पालिकाका योजना निर्माण गर्ने, वडा कमिटी निर्माण र बैठक भाद्रभित्र गर्ने,सबै जिल्लामा बिभागको पूर्णता दिने र बार्षिक कार्ययोजना निर्माण गर्ने रहेका छन।

    त्यसै गरि प्रदेशभरिको प्रचार कार्यलाइ ब्यबस्थित बनाउन जिल्लाका प्रचार भेला र क्षमता अभिमुखिकरण गर्ने, प्रेदेशको प्रचार एक्सन प्लान कार्यान्वयन गर्ने, प्रदेश अधिबेशन गर्न बाकी सबै जन संगठनहरूका अधिबेशन सम्पन्न गरि उनिहरूको बार्षिक कार्यतालिका निर्माण गर्ने,सामुदायिक सरोकारजन्य बिषयको नेतृत्व गर्ने,प्रशिक्षक प्रशिक्षण कार्यक्रम पालिका तह सम्म बिस्तार गर्ने योजना रहेको उओ सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए।

    कार्यक्रममा गण्डकी इन्चार्ज तथा सचिव गोकर्ण बिष्टले पार्टीका कामलाइ थप ब्यबस्थित गर्दै एमालेलाई ब्राण्डिन्ङ गर्ने योजना रहेको उल्लेख गरे। उनले देशमा अराजकताको अन्त्य गर्ने सामर्थ्य एमाले संग मात्रै भएको र बिकास र समृद्धिका स्पस्ट खाका समेत आफुहरूसंग मात्रै भएको जिकिर गर्दै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता उचो बनाउनेतर्फ केन्द्रीकृत हुन सक्षम नेता कार्यकर्ता र थप बलियो पार्टी संगठन नै भएको उल्लेख गरे।

    सचिब बिष्टले एमालेलाई जनताको बिचमा लोकप्रियताले उचाई दिन सत्तामा हुँदा होस या नहुदा सधैं जनताकै साथमा रहने बताए । स्थायी कमिटी सदस्य खगराज अधिकारीले देशलाई बर्बादी तर्फ जान नदिन एमाले थप मजबुत राष्ट्रिय जनसाथका साथ युद्द्को अग्रमोर्चामा हुनैपर्ने उल्लेख गरे।

    अधिकारीले एमालेलाई अझै प्रभाबकारी भुमिका खेल्न सक्ने एकल बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्न अब सबै शक्ति केन्द्रित गर्नुको बिकल्प नभएको उल्लेख गरे । कार्यक्रममा ने .क .पा .(एमाले) का केन्द्रिय तथा गण्डकी प्रदेश कमिटीका पदाधिकारीहरूको उपस्थित रहेको प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ