Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

२ जना कैदीको मृत्युपछि संखुवासभा कारागारमा ९ जना नियन्त्रणमा


ग्लोबल पाना
बिहीबार , साउन २५ २०८०
  • 318
    SHARES

  • images
    २ जना कैदीको मृत्युपछि संखुवासभा कारागारमा ९ जना नियन्त्रणमा

    खाँदबारी । जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ९ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ।  

    images
    images
    images

    ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीहरूबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको थियो ।  जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार बुधबार दिउँसो १ सय ३६ कैदीबीच फेरि झडप भएको थियो । यो कारागार २५ जना क्षमताको हो ।    

    मृत्यु भएका नुवाकोट ककनी ७ का आकाश बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । संखुवासभा मादी नगरपालिका ५ का अर्का मृतक विनोद तोलांगी जबर्जस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए ।     
        
    यसै बीच कारागारमा मृत्यु भएका कैदीबन्दीहरुको परिवारले घटनाको निष्पक्ष छानबिनको लागि आग्रह गरेका छन् भने घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिबकुमार कार्कीले जानकारी दिए।    

    कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले बिहान १ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रणलगत्तै उनीहरुलाई कारागारमै राखिएको केही बेरमा कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ