Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मृतक कामदारका परिवारलाई अब २२ लाख क्षतिपूर्ती


ग्लोबल पाना
बिहीबार , साउन २५ २०८०
  • 187
    SHARES

  • images
    मृतक कामदारका परिवारलाई अब २२ लाख क्षतिपूर्ती

    काठमाडौं। सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत् उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्‍याउने भएको छ।

    images
    images
    images

    हाल वैदेशिक रोजगारीका क्रममा मृत्युका परिवारले म्यादी बिमाबाहेक सात लाख रुपैयाँमात्र क्षतिपूर्ति पाउँदै आएका छन् । उक्त रकम दोब्बर बढाएर १५ लाख रुपैयाँ बनाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

    वैदेशिक रोजगार नियमावली २०६४ को पाँचौँ संशोधनमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि वा करार अवधि सकिएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा घटना भएको मितिले एक वर्षभित्र बोर्डमा नियमअनुसार आर्थिक सहायताका लागि पीडित परिवारले निवेदन दिन पाउने व्यवस्था छ।

    सोही व्यवस्थाअनुसार मृतकका परिवारले बिमाबाहेक सात लाख रुपैयाँ क्षतिपूर्ति पाउने गरेको श्रम मन्त्रालयले जनाएको छ।

    सरकारले मृतकका परिवारले पाउँदै आएको रकम दोब्बर बढाउन लागेको श्रम मन्त्रालयका सह-सचिव राजिव पोखरेलले जानकारी दिए। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका हकवालाले नियमअनुसार पाउने बिमाबाहेक रकम १५ लाख रुपैयाँ बनाउने तयारी भइरहेको र चाँडै निणर्य हुने उनको बताए।

    सहसचिव पोखरेलले भने, ‘विगतमा बिमाबाहेक सात लाख रुपैयाँमात्रै विदेशमा मृत्यु भएका कामदारका परिवारले पाउँदै आएका थिए। अब यो रकम दोब्बर हुनेछ। मृतक कामदारका परिवारले मात्र होइन। मृत्यु, अंगभंग, बिरामी भएका र अन्य समस्याबाट फर्किएका कामदारको पनि क्षतिपूर्ति रकम वृद्धि हुन्छ।’

    वैदेशिक रोजगारीका लागि बिमा गरिसकेको अवस्थामा स्वदेश वा विदेश जहाँ, जसरी, जुनसुकै कारणले मृत्यु भए पनि त्यस्ता मृतक व्यक्तिको हकमा बिमा कम्पनीहरूले बिमाबापतको करिब सात लाख रुपैयाँ नै क्षतिपूर्ति दिँदै आएका छन्। आगामी दिनमा वैदेशिक रोजगारीका क्रम मृत्यु भएका कामदारका परिवारले २२ लाख रुपैयाँ क्षतिपूर्ति पाउनेछन्।

    त्यस्तै, मृतक कामदारका परिवारले पाउने छात्रवृत्तिसमेत श्रम मन्त्रालयले बढाउने भएको छ। हाल वार्षिक आठ हजार छात्रवृत्ति पाइरहेको परिवारका सन्तानले १२ हजार र १२ हजार रुपैयाँ पाइरहेका परिवारले १८ हजार रुपैयाँ पाउने गरी छात्रवृत्ति रकम बढ्ने श्रम मन्त्रालयले जनाएको छ।

    वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु, अंगभंग, बिरामी भएका र अन्य शीर्षकमा सरकारले क्षतिपूर्ति दिँदै आएको छ। सरकारले एक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग, बिरामी तथा मृतकका सन्ततिको शिक्षाका लागि ८५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा ४५ महिलासहित एक हजार दुई सय आठ नेपाली श्रमिकको विदेशमा मृत्यु भएको छ।

    जसअन्तर्गत उनीहरूका आफन्तलाई मात्र बोर्डले ६५ करोड ५१ लाख आर्थिक सहयोग गरेको थियो। अघिल्लो वर्ष विदेशमा मृत्यु भएर बोर्डबाट आर्थिक सहायता लिनेको संख्या एक हजार चार सय ७९ थियो।

    सो अवधिमा बोर्डले मृतक आफन्त, अंगभंग, बिरामी, उद्धार, शव व्यवस्थापन अभिमुखीकरण र छात्रवृत्तिका लागि ८४ करोड ८० लाख १० हजार सात सय रुपैयाँ वितरण गरेको जनाएको छ।

    बोर्डबाट प्रदान हुने आर्थिक सहायतालगायतका सेवा वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीबाट प्रदान भइरहेको छ ।

    क्षतिपूर्ति रकम पाउन मृत्यु भएका कामदारको हकमा सम्बद्ध व्यक्तिको राहदानी, श्रम स्वीकृति पत्र, करारपत्र, मृत्यु प्रमाणपत्र, हकवालाको नाता प्रमाणित भएको प्रमाण, सम्बद्ध मुलुकमा रहेको दूतावासको सिफारिस पत्रलगायतका कागजात पेश गर्नुपर्ने व्यवस्था छ।- DC

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ