Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा विधेयकको विरोधमा माइतीघरमा प्रदर्शन


ग्लोबल पाना
बिहीबार , साउन २५ २०८०
  • 247
    SHARES

  • images
    शिक्षा विधेयकको विरोधमा माइतीघरमा प्रदर्शन

    काठमाडौं। शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

    images
    images
    images

    विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याव्सन, हिसान र प्याव्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

    प्रदर्शनमा सहभागीहरुले शिक्षामा समान अवसर, अवसरमा समान पँहुच, विधेयक कसले र कसका लागि बनायौं?, विेदनको अन्त्यका लागि शिक्षा हो भने शिक्षामा विभेद किन गछौं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

    प्रस्तावित विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने भएकाले विरोध गर्नुपरेको प्याव्सनका अध्यक्ष डीके ढुंगानाले बताए।

    गुठीमा भएका विद्यालयहरुले नै दुःख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए।

    शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउँदै उनीहरुले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्, जसअनुसार असार २६ गते अन्तरक्रिया गर्ने, २७ गते समिक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने उनीहरुले जनाएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ