ईलाम। आफ्नै श्रीमती ४५ वर्षीया डम्बर कुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका(७ तम्फुवा घर भएका ५० वर्षीय पूणर् बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादको क्रममा सोमबार राति पूणर्बहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका-२ लालिखर्कबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


