Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

समुद्रमा डुङ्गा डुब्दा २३ रोहिन्ज्याको ज्यान गयाे


ग्लोबल पाना
शुक्रबार, साउन २६ २०८०
  • 273
    SHARES

  • images
    समुद्रमा डुङ्गा डुब्दा २३ रोहिन्ज्याको ज्यान गयाे

    बीबीसी । म्यान्मारको रखाइन प्रान्तबाट भाग्दै गरेका रोहिन्ज्या समुदायका मानिसहरू चढेको एउटा डुङ्गा समुद्रमा डुब्दा ज्यान गुमाउने २३ जनाको शव फेला परेको छ। उक्त दुर्घटनामा परेका अरू ३० जना अझै बेपत्ता छन् भने आठ जना जीवित रहेको विवरण प्राप्त भएको छ।

    images
    images
    images

    जीवित व्यक्तिहरूका अनुसार मलेशियातिर जान उनीहरू ५० जना चढेको डुङ्गामा पानी पसेको थियो।त्यसपछि चालकहरू डुङ्गाबाट भागेका थिए। पछि डुङ्गा समुद्रमा डुब्यो।यो घटना आइतवारको भएको बताइएको छ। प्रत्येक वर्ष हजारौँ रोहिन्ज्याहरू भागेर मलेसिया वा इन्डोनेशियातिर जान समुद्रमा खतरनाक यात्रा गर्छन्।

    को हुन् मृतक ?

    धेरै रोहिन्ज्याहरू म्यान्मारमा राज्यबाट हुने दमनबाट जोगिने वा बाङ्ग्लादेशका भिडभाडयुक्त शरणार्थी शिविरमा बस्न नपर्ने उपायको खोजीमा रहन्छन्। उनीहरू सुखद जीवनको आशामा समुद्र तरेर अन्यत्र जान खोज्छन्। अहिले ज्यान गुमाउनेमध्ये १३ महिला र १० पुरुष भएको उद्धारकार्यमा संलग्न एउटा टोलीले बीबीसी बर्मिजलाई बताएको छ।

    रोहिन्ज्या समुदायका मानिसहरू इस्लाम धर्म मान्छन्। बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको बर्मामा उनीहरू जातीय अल्पसङ्ख्यक हुन्। म्यान्मारको सेनाले ‘जातीय नरसंहार’ को अभियान थालेपछि धेरै रोहिन्ज्याहरू सन् २०१७ मा म्यान्मारबाट भागेर बाङ्ग्लादेश पुगेका छन्।

    म्यान्मारमा बाँकी भएका रोहिन्ज्याहरूले पनि सन् २०२१ को सैन्य सत्तापलटपछि भाग्ने प्रयास गरेको देखिन्छ।

    कसरी डुब्यो डुङ्गा ?

    जीवित मानिसहरूका अनुसार समुद्रमा आएको एउटा ठूलो छाल डुङ्गामा ठोकिएको थियो। त्यतिबेला डुङ्गा रखाइन प्रान्तको राजधानी सिट्वेनजिकै थियो।

    मलेसिया पुर्‍याइदिन आफूहरूले मानवतस्करहरूलाई प्रतिव्यक्ति ४,००० डलर तिरेको उनीहरूले बताएका छन्। तर डुङ्गा डुब्न थालेपछि डुङ्गामा भएका तस्करहरू भागेका थिए। समुद्रमा छरिएका शवहरू अरू डुङ्गा प्रयोग गरेर सङ्कलन गरिएको थियो भने केही शव बगेर समुद्रको तटसम्म पनि पुगेका थिए। एन्डमन सागरको जलमार्गमा माछा मार्ने डुङ्गाहरूको भिड हुन्छ। मनसुन उत्कर्षमा पुगेको बेला त्यहाँबाट हुने लामो यात्रा झन् खतरनाक बन्छ।

    प्रायः रोहिन्ज्याहरू अक्टोबर र मे महिनामा समुद्रको बाटोबाट भाग्न खोज्छन्। त्यस्तो यात्राका लागि खर्चको जोहो गर्न उनीहरूले आफ्नो जमिन र अरू सम्पत्ति पनि बेच्ने गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ