काठमाडौं । गैर आवासीय नेपाली संघ अमेरिकाको पश्चिम क्षेत्रीय अध्यक्षमा समाजसेवी विष्णु केसी खत्री निर्वाचित भए पछि शुभकामना तथा वधाई दिनेकाे लर्काे लागेकाे छ ।
यसै सिलसिलामा गौतम बुद्व जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि उहाँलाई बधाई तथा शुभकामना दिदै प्रमाणपत्र समेत दिएकाे छ । प्रमाणपत्रमा केसीलाई शुभकामना दिदै लुम्बिनी सांस्कृतिक नगरपालिका र गैर आवासिय संघ अमेरिका विच संस्थागत सम्बन्ध कायम, सम्बन्ध मजबुद र प्रगाढ हुने जनाएको छ ।
संस्था र समाज प्रति उत्तरदायी भुमिका निभाउदै आउनु भएको केसीले आफ्ना सम्पूर्ण मतदाताहरुलाई भेटेर धन्यवाद दिदै विभिन्न ठाउँमा शुभकामना कार्यक्रम समेत राख्दै आउनु भएकाे छ ।
उहाँले आफ्ना मतदाताहरु सँग अमेरिकाको NRNA को आपसी एकता र सद्भावलाई बचाई राख्न समर्पित भइराख्ने, दिलाे ज्यानले खट्ने प्रतिबद्धता गर्नु भएकाे छ ।
केसीले गैर आवासीय नेपाली संघ अमेरिकाको पश्चिम क्षेत्रमा १३ वटा राज्यहरु पर्दछन्, यसै West Coast Region को Regional Committee Chair (RCC) को अध्यक्षमा विजय भए पछि सबै राज्यमा गएर धन्यवाद दिने र आफ्ना मतदाता लगायत सम्पूर्ण नेपालीवासीहरुसँग भेटघाट गर्दै आउनु भएकाे छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


