Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अक्टोवरमा एनआरएनए ज्ञान तथा विज्ञ सम्मेलन, कार्यपत्र आह्वान


ग्लोबल पाना
शनिबार, साउन २७ २०८०
  • 261
    SHARES

  • images
    अक्टोवरमा एनआरएनए ज्ञान तथा विज्ञ सम्मेलन, कार्यपत्र आह्वान

    लण्डन । आगामी अक्टोबरमा तेस्रो विश्व ज्ञान सम्मेलन हुने भएको छ। गैरआवासीय नेपाली संघको आयोजनामा अक्टोबर १७ देखि १८ सम्म काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको हो। गैरआवासीय नेपाली संघले शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनका लागि ३१ जुलाई २०२३ (श्रावण १५) देखि कार्यपत्र आह्वान गरिएको छ ।

    images
    images
    images

    साथै अन्य सहभागीहरुको लागि १५ अगष्ट २०२३ (श्रावण ३०) बाट दर्ता सुरु गरिने जनाइएको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालको समृद्धीमा गैरआवासीय नेपालीहरुको आर्थिक लगानी जति महत्त्वपूर्ण छ त्यो भन्दा बढी ज्ञान, सीप र प्रविधिको लगानीको महत्व रहेको बताए। उनले गैरआवासीय नेपाली अभियानमा बैद्धिक व्यक्तित्वहरुलाई सहभागी गराउने नीति लिएको बताए।

    गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा ज्ञान सीप र प्रविधि विभाग प्रमुख डा. हेमराज शर्माका अनुसार नेपाली, डायस्पोरा र अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त विज्ञहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले सो सम्मेलनको आयोजना गर्न लागिएको हो। सम्मेलनले विधमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिने सम्मेलन तयारी समितिका संयोजक डा. राजु अधिकारीले जानकारी दिए।

    ‘विगतका वर्षमा जस्तै यसपटक पनि नेपाल सरकारसहित नेपालका शैक्षिक तथा अनुसन्धनात्मक संघसंस्था, निजी तथा सरकारी, गैरसरकारी संस्था लगायत अन्य सरोकारवालाको उपस्थितिमा सम्मेलन आयोजना गरिनेछ’, संघद्वारा शुक्रवार जारी एक विज्ञप्तिमा उल्लेख छ। ‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा रहेको सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र उर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

    सम्मेलनमा विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधीमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, विदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा बृहत छलफल गरिने छ।

    यस्तै सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरू तथा नेपाल सरकारको पञ्चवर्षीय योजनालाई समेत सम्बोधन गर्ने अपेक्षा संघको छ । सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको सम्मेलन आयोजक समितिका उपसंयोजक डा. देवी बस्नेतले जनाए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ