Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमै पहिलो पटक ल्यायो माछापुच्छ्रे बैङ्कले अफलाइन ‘ट्याप एण्ड पे’


ग्लोबल पाना
शनिबार, साउन २७ २०८०
  • 224
    SHARES

  • images
    नेपालमै पहिलो पटक ल्यायो माछापुच्छ्रे बैङ्कले अफलाइन ‘ट्याप एण्ड पे’

    काठमाडौं । माछापुच्छ्रे बैङ्कले नेपाली बैङ्किङ्ग उद्योग क्षेत्रमा पहिलो पटक इएमभि स्ट्यान्डर्डमा आधारित टोकेनिज्ड प्रविधिको प्रयोग गरि मोबाइल बैङ्किङ्ग एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एण्ड पे’ सेवा सुरु गरेको छ ।

    images
    images
    images

    टोकेनाइजेसनलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रूपमा लिने गरिन्छ । जसमा ग्राहकहरूको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ ।

    बैङ्कले उक्त सेवा सुरु गरेसँगै बैङ्कका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरूबाट पिओएस मार्फत कारोबार गर्दा बैङ्कको मोबाइल बैङ्किङ्ग एप्लिकेसन एमबिएल एम-स्मार्ट प्रयोग गरि आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

    हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन । बैङ्कले साझेदारी र सहकार्यलाई आत्मासात गर्दै एफवान सफ्ट इन्टरनेशनल प्रा।लि।, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र सिटीटेक प्रा.लि.सँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो । बैङ्कले टोकेनाइजेसनलाई बिस्तारै अन्य प्रोडक्ट तथा सर्भिसहरूमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।

    सोही क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैङ्किङ्ग सुविधाहरूलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले ‘ट्याप एण्ड पे’ सेवा यस बैङ्कले सञ्चालनमा ल्याएको हो ।

    बैङ्किङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै अगाडि बढिरहेको माछापुच्छ्रे बैङ्कले विशेष गरी डिजिटल बैङ्किङ्ग क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरू माझ सञ्चालन गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ