Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

यो युवा उद्यमशीलताको वर्ष हो, प्रशस्त उपयोग गरौँ : अर्थमन्त्री डा. महत


ग्लोबल पाना
शनिबार, साउन २७ २०८०
  • 244
    SHARES

  • images
    यो युवा उद्यमशीलताको वर्ष हो, प्रशस्त उपयोग गरौँ : अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले यसपटकको बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएको बताउनुभएको छ । यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले उपयोग गर्नुपर्छ । ‘देशको ठूलो जनशक्ति विदेशिएकाले यहाँ दक्ष्य जनशक्तिको अभाव सिर्जना भइसकेको छ ।

    images
    images
    images

    यहाँ धेरै अवसर छन्, विदेशमा पढाइ सक्नुभयो भने तुरुन्त नेपाल फर्किन म अनुरोध गर्छु’, मन्त्री डा. महतले भन्नुभयो, ‘नेपालमै छ, प्रशस्त सम्भावना छ, त्यसलाई क्यास गर्नुहोस् ।’ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संस्था संजाल (आयोन) ले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘रोज्न पाउने हाम्रो आधारभूत अधिकार हो, हाम्रो योग्यता, क्षमता, सिर्जना र सम्भावना के गर्दा र कहाँ गएर आपूर्ति हुन्छ, त्यसमा कसैले बन्देज लगाउन मिल्दैन ।’

    पछिल्लो समय सूचना प्रविधिमा ठूलो सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘नेपालबाट सप्टवेयर निर्यात गरेर ठूलो मात्रामा विदेशी पैसा नेपाल भित्र्याइरहेका छन् । र, यसका लागि धेरै ठूलो लगानी चाहिँदैन । यसका लागि समर्पण र दक्षता चाहिन्छ ।’ कसैले सूचना प्रविधिमा लगानी गर्न चाहन्छ भने उसका लागि सरकारले ५० प्रतिशत आय कर छुट दिने निर्णय गरेको जानकारी दिँदै मन्त्री डा. महतले भन्नुभयो, नेपालमै बसेर आईटी बिजनेशलाई विश्व बजारमा फैलाउन चाहिने विदेशी मुद्रा सरकारले उपलब्ध गराउने छ ।

    ‘हाम्रो सिस्टममा इरर थियो, गरे पनि हुने, नगरे पनि हुने प्रवृत्ति विकसित भइरहेको थियो, त्यसलाई अर्डरमा ल्याउने प्रयास भइरहेको छ । श्रोतको अभावले धेरै कुरा हामीले गर्न चाहेर पनि सकेनौं’, मन्त्री डा. महतले भन्नुभयो, ‘अब हाम्रो अर्थतन्त्र सही बाटोमा हिड्ने छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ