Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चुरे दोहनका कारण मधेश मरुभूमि बन्दैछ : कृषिमन्त्री भुसाल


ग्लोबल पाना
आइतबार, साउन २८ २०८०
  • 260
    SHARES

  • images
    चुरे दोहनका कारण मधेश मरुभूमि बन्दैछ : कृषिमन्त्री भुसाल

    महोतरी । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्बर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन्। ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको बताए।

    images
    images
    images

    विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको वताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनको तर्क छ। ञमधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भुमिहरु मरुभूमि बन्दै छन्,झ उनले भने, ञअब चुरे बचाउनुको विकल्प नै छैन।झ चुरे रहेसम्म मधेश रहने बताउँदै स्थानीय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेको उनको भनाइ थियो।

    पछिल्लो केही बर्ष यता मधेशमा चुरे दोहन कै कारण सिंचाइका नहरहरु सुकेका छन भने खानेपानीको समस्या त बढ्दै गएको छ। मधेशका जिल्लाहरुमा खानेपानी र सिंचाइको हाहाकार नै बने पछि मधेशलाइ सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ