Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एनआरएनए जापानका नवर्निवाचित अध्यक्ष निउरेका हार्दिक आभारसहित प्रतिबद्धता !


ग्लोबल पाना
आइतबार, साउन २८ २०८०
  • 935
    SHARES

  • images
    एनआरएनए जापानका नवर्निवाचित अध्यक्ष निउरेका हार्दिक आभारसहित प्रतिबद्धता !

    जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका नवर्निवाचित अध्यक्ष नविन निउरेले हार्दिक आभारसहित प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

    images
    images
    images

    निउरेले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको एघारौ महाधिवेशनबाट अमुल्य मत प्रदान गरी आशा,विश्वास माया ममतासहित मुख्य नेतृत्वका लागि अध्यक्ष सहित सम्पूर्ण कार्यसमितिका पदाधिकारी, सदस्य पदमा निर्वाचित गराउनु हुने सम्पुर्णमा हार्दिक धन्यबाद ज्ञापन गरेका छन् ।

    नेतृत्व चयनको लोकतान्त्रिक पद्धतिमा सहभागी भएर प्रतिस्पर्धा गर्ने सम्पूर्ण सहकर्मी उम्मेदवार एवं निर्वाचनका दौरानमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग सहित शुभेच्छा व्यक्त गर्ने सबैमा उनले हार्दिक आभार समेत व्यक्त गरेका छन् । 

    लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन प्रक्रियामा सहभागी हुनु भै उप विजेता र यस कार्यकालको लागि मात्र कार्यसमितिको टिम बाहिर रहनु भएका सम्पूर्ण सहकर्मी मित्रहरूप्रति विषेश धन्यवाद व्यक्त गर्दै यहाँहरूले उठान गर्नु भएका एनआरएनए जापानलाई समृद्ध बनाउने योजनालाई संगसंगै समेटेर सहकार्य गर्दै यो कार्यसमिति अघि बढ्ने निउरे बताउँछन्  ।

    उनले जापान स्थित नेपाली राजदूतावास, महामहिम, जापानमा रहेका सक्रिय संघ संस्था, समाज, व्यक्ति, व्यक्तित्व सरोकारवाला निकायहरूसंग आवश्यक समन्वय र सहकार्यमा आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थाको मूल्य मान्यता विधि विधानलाई आत्मसात् गरेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रण गर्ने बताउँछन् ।

    निउरेले एनआरएनएको पञ्जीकृत सदस्यता बनाउने अभियानदेखि निर्वाचन सम्पन्न गराई पदभार ग्रहणसम्ममा हरेक कोणबाट सहयोग र सत्भाव पुर्‍याउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेका छन् ।

    FB_IMG_1691941861452.jpg
    undefined


    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ