Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज उपराष्ट्रपति यादव चीन जाँदै


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 260
    SHARES

  • images
    आज उपराष्ट्रपति यादव चीन जाँदै

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाँदै छन्। चीनको कुनमिङमा आयोजना हुने ‘सातौं चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औं चीन कुनमिङ आयात-निर्यात मेला’मा सहभागी हुन उनी आज चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उनी सोमबार दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईले जानकारी दिए।

    चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनीकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ