Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अविरल वर्षाका कारण बर्दियाका २ सय बढी घर डुबानमा


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 223
    SHARES

  • images
    अविरल वर्षाका कारण बर्दियाका २ सय बढी घर डुबानमा

    बर्दिया । बर्दियामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण यहाँको बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानका घरहरु डुबानमा परेका छन् ।

    images
    images
    images

    यहाँका दुई सयभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बारबर्दिया नगरपालिका-८ को औरी, भगतपुर र दुधवा गाउँका ४३ घर, बाँसगढी नगरपालिका आठ, रेशमपुरमा ६० र वडा नम्बर ९ कुइनेठीको एक सय २० घरसहित जिल्लामा दुई सयभन्दा बढी घर डुबान भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।

    उनका अनुसार डुबानबाट प्रभावितलाई स्थानीय विद्यालय भवनमा राखिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ