Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हेलम्बु राजमार्ग अवरुद्ध, इन्द्रावतीमा पानीको वहाब बढ्याे


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 196
    SHARES

  • images
    हेलम्बु राजमार्ग अवरुद्ध, इन्द्रावतीमा पानीको वहाब बढ्याे

    सिन्धुपाल्चोक । शनिबारदेखि लगातार परिरहेको वर्षाका कारण इन्द्रावती नदीमा वहाब बढेसँगै मेलम्ची हेलम्बु सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

    images
    images
    images

    प्रहरीका अनुसार बाढीपहिरोका कारण मेलम्चीबाट हेलम्बु गाउँपालिका जाने सडकमार्ग अवरुद्ध भएको हो । यसका साथै मेलम्चीबाट पाँचपोखरी थाङपाल गाउँपालीका जाने सडक पनि पाँचपोखरी थाङपाल-८ खाल्डे खोलामा बन्द भएको छ।

    मेलम्चीबाट हेलम्बु गाउँपालिका जाने सडक मार्ग अवरुद्ध हुँदा मेलम्चीबाट ग्याल्थुम बिएड दोस्रो वर्षको परीक्षा दिन गएका विद्यार्थी बाटोमा अलपत्र परेका थिए ।

    अवरुद्ध सडकलाई पानी कम भए लगत्तै सञ्चालन गरिने बताउँदै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बाढीको वहाब बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

    मेलम्ची नदीको मुहानदेखि नै आएको बाढीमा २०७८ सालको जस्तो लेदो मिसिएर आएको हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनले बाढीमा लेदो मिसिएर आएकाले नदी आसपासमा नजान र सुरक्षित स्थानमा रहन तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अनुरोध गरे ।

    यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टाँसी लामाले बाढीको वहाब बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गर्दै आवातजावतका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ