Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अर्थतन्त्रलाई गतिशील बनाउन मन्त्री डा. महतको व्यस्तता


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 269
    SHARES

  • images
    अर्थतन्त्रलाई गतिशील बनाउन मन्त्री डा. महतको व्यस्तता

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत अर्थतन्त्रलाई चलायमान बनाउन पछिल्लो समय अहोरात्र खटिरहनु भएको छ । मन्त्री डा. महतको एकमात्र उद्देश्य भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो ।

    images
    images
    images

    निजी क्षेत्रसहित सबैसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन मन्त्री डा. महत युद्धस्तरमा लाग्नु भएको छ । पछिल्लो समय अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे निजी क्षेत्र, दातृ निकाय तथा बैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल गरिराख्नु भएको छ ।

    राजश्व संकलनमा देखिएको समस्या समाधान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन कहाँ समस्या छन् त्यसलाई पहिल्याउन मन्त्री डा. महत निरन्तर लागिरहनु भएको छ् । हिजाे आइतबार मात्रै निजी क्षेत्रका तीनवटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंकका गर्भनर र नेपाल बैंकर्स संघसँग छलफलमा मन्त्री डा. महत जुट्नु भयो ।

    मन्त्री डा. महतले हिजाे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई अर्थमन्त्रालयमा छलफलका बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिनु भयो । अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो भनी सीइओहरुलाई जिज्ञासा राख्नुभएको थियो ।

    हिजाे बिहान भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन कार्यशालामा कर्मचारीलाई निर्देशन दिँदै कर्मचारीले सोचमा परिवर्तन गर्न ढिलो गर्न नहुने बताउनु भएको थियो । जिम्मेवारीमा सम्झौता नगरी काममा व्यवसायिकता, सम्मान र समर्पण हुनुपर्ने बताउनु भएको थियो । मन्त्री डा. महतको व्यस्तता विहानदेखि राति अबेरसम्म हुने गरेको छ ।

    कसरी देशको अर्थतन्त्रलाई लयमा ल्याउने, वैदेशिक लगानी कसरी भित्र्याउने, निजी क्षेत्रको लगानी कसरी वृद्धि गर्ने र राजश्व संकलनमा कसरी लक्ष्य भेट्टाउने योजनाको कार्यान्वयमा उहाँको व्यस्तता रहेको छ । हिजो मात्रै मन्त्री डा. महतले यसपटकको बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएकोले यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले देशमै स्वरोजगार बन्न आग्रह गर्नुभयो ।

    गत शुक्रबार मन्त्री डा. महतले अमेरिकी सहयोग नियोग (युएसआईडी) बाट सञ्चालित आयोजनाको प्रगति समीक्षामा घनीभूत छलफल गर्नुभएको थियो । अनुदान रकम बढाउन, जलवायु परिवर्तनलाई सम्बोधन गर्ने गरी सहयोग दिन, नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण पूर्वाधारका आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल हुने क्षेत्रमा लगानी गर्न दातृ निकायहरुसँग मन्त्री डा. महत निरन्तर छलफलमा हुनुहुन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ