Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

म तर्सेर भाग्ने खालको मान्छे होइन : नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपाल


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 219
    SHARES

  • images
    म तर्सेर भाग्ने खालको मान्छे होइन : नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू तर्सेर भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका छन्। ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सर्वोच्च अदालतले आदेश दिएलगत्तै विदेश भ्रमण गएका अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका हुन्।

    images
    images
    images

    विदेश भ्रमण छोट्याएर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे आफू नभएको बताएका हुन्।

    उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए। त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा निणर्यकर्तामाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो।

    ‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो। म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निणर्य भएको थियो। पत्रपत्रिकामा मेरोबारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे। माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्थ्यो। गोली चल्ने बेलामा, गोली खानी बेलामा, राजालाई समाउने बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन,’ उनले भने।

    प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा युरोपका विभिन्न देशको भ्रमण गरेर स्वदेश फर्किएका उनले सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ