Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

फिल्म बनाउन लागेका निर्मातालाई धम्की


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 350
    SHARES

  • images
    फिल्म बनाउन लागेका निर्मातालाई धम्की

    काठमाडौं । पाकिस्तानबाट नेपाल हुँदै गैरकानुनी रूपमा भारत आएकी सीमा हैदरमाथि फिल्म बनाउने खबर आएपछि राज ठाकरेको महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का एक नेताले चेतावनी दिएका छन् ।

    images
    images
    images

    निर्माता तथा एमएनएसको सिनेमा विंगका अध्यक्ष अमेय खोपकरले एक ट्वीटमा सीमा हैदरमाथिको फिल्म नरोकिए आफ्नो पार्टीले कडा कारबाही गर्ने बताएका छन् ।

    अमेय खोपकरले मराठीमा ट्वीट गरे, “भारतीय फिल्म उद्योगमा पाकिस्तानी नागरिकको कुनै स्थान छैन। हामी अझै पनि यो अडानमा अडिग छौँ। पाकिस्तानी महिला सीमा हैदर हाल भारतमा छिन्। उनी आईएसआईको एजेन्ट भएको खबर पनि आएको छ। हाम्रो उद्योगमा नाम कमाउनका लागि केही मानिसहरी यिनै सीमा हैदरलाई नायिका बनाउँदैछन् । यी देश विरोधी निर्माताहरूलाई कसरी लाज लाग्दैन? यो तुरुन्त बन्द गर्नुहोस्, अन्यथा एमएनएसबाट कारबाही भोग्नन तयार हुनुहोस्।”

    सीमा हैदरले भनिन् कि उनी र भारतका सचिन मीणा पबजी खेल्दा प्रेममा परेका थिए। त्यसपछि सीमा हैदर आफ्ना तीन छोराछोरी लिएर भारत आइन् । अहिले सीमा र सचिन मीणा ग्रेटर नोएडाको एउटा गाउँमा बस्दै आएका छन् ।

    धेरै मिडिया रिपोर्टका अनुसार अमित जानीले सीमा हैदर र सचिन मीणाको कथामा आधारित फिल्म ‘कराची टु नोएडा’ बनाउन लागेका छन् । यस फिल्मको अडिसनका केही भिडियोहरु पनि सामाजिक सञ्जालमा शेयर भएका छन् ।

    इण्डिया टुडेको रिपोर्टका अनुसार यो फिल्म जानी फायरफक्स फिल्म प्रोडक्सन अन्तर्गत बनिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ