Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भन्सार क्षेत्रबाट बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 273
    SHARES

  • images
    भन्सार क्षेत्रबाट बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु

    काठमाडौं। राष्ट्र बैंकको टक्सार महाशाखाले विमानस्थल भन्सार क्षेत्रबाट बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु गरेको छ। सोमबार सञ्चारकर्मीको उपस्थीतिमा टक्सार महाशाखले ब्रेकसुबाट सुन निकाल्दै गाल्ने प्रक्रिया सुरु गरेको हो।

    images
    images
    images

    ब्रेकसु कै आकारमा रहेको सुनको बाहिरपट्टी कालो रंग लगाइएको पाइएको छ। टक्सारका कर्मचारीले कालो रंग खुर्किँदा सुन देखिएको थियो। ब्रेकसुबाट सुन निकालिसकेपछि मंगलबारसम्म सुन गाल्ने काम सम्पन्न हुने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। सुन गालेर परिक्षण गरेपछि सुनको वास्तविक परिमाण यकिन हुने उनले बताए।

    सिआइवी, राजस्व र राष्ट्र बैंक केन्द्र र टक्सारका प्रतिनिधिको टोलीको उपस्थीतिमा पारदर्शी रुपले सुन गाल्ने , परिक्षण र जोख्ने काम हुने आचार्यले बताए। साउन ४ गते राजस्व अनुसन्धान विभागको टोलीले भन्सार कार्यालय बाहिरबाट सुन बरामद गरेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ