Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बाढी पहिरोका क्षतीप्रती एमाले गण्डकीद्वारा दु:ख ब्यक्त


ग्लोबल पाना
सोमबार, साउन २९ २०८०
  • 258
    SHARES

  • images
    बाढी पहिरोका क्षतीप्रती  एमाले गण्डकीद्वारा दु:ख ब्यक्त

    तत्काल राहत र उद्धारमा जुट्न आग्रह

    पोखरा । ने क पा( एमाले ) गण्डकी प्रदेश कमिटीले केहि दिनदेखि लगातार परेको बर्षाको कारण गण्डकी प्रदेश लगायत देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र उदारका काम खटिन आफ्नो पार्टीको विभिन्न तहका कमिटी र जन बर्गिय संगठन र सरोकारवाला सरकारी निकायहरूलाइ अपिल गरेको छ ।

    images
    images
    images

    सोमबार प्रदेश कमिटीको तर्फबाट एक अपिल जारी गर्दै सो पार्टिले भारी बर्षा पश्चात् आएको बाढीले गर्दा मुस्ताङ्गको कागवेनी क्षेत्रका दर्जनौं घरहरु क्षतिग्रस्त भएका छन् भने करोडौंको भौतिक सम्पत्ति समेत नष्ट भएको छ । वाढी तथा पहिरोले होटल, बैंक, नीजि घरहरु भत्काउनुका साथै कयौं सवारी साधनहरु बगाएको छ भने लोमान्थाङ्ग जाने कंक्रिट पुल पूर्णरुपले क्षतिग्रस्त हुन पुगेको छ ।

    त्यसैगरी वेनी जोमसोम सडक खण्ड पूर्ण रुपले अबरुद्द हुन पुगेको छ, भने म्याग्दीको वैसरी तथा वेनी दर्वाङ्ग खण्डको फापरखेतमा पहिरो गएर सडक अवरुद्ध हुन पुगेको छ । गोरखामा मदन–आश्रित स्मृति प्रतिष्ठानको भवन रहेको स्थानको माथिल्लो माग पूर्णरुपमा क्षतिग्रस्त हुन पुगेको छ ।

    लमजुङ्गमा मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा गएको पहिरोका कारण आवगमन प्रभावित भएको छ । वेसीशहरबाट मनाङ्ग जाने सडक खरखरे पहिरोका कारण जोखिममा परेको छ । जानकारीमा आएको भन्दै बिज्ञप्तीमा उद्दारका कुनै कसुर बाकी नराख्न आग्रह गरेको छ ।

    सो पार्टिका उप सचिब तथा प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यद्वारा हस्ताक्षरीत अपिलमा मनाङ्गको ताल गाउँ संरक्षणको लागि मस्र्याङ्दी नदीमा लगाएको प्लम्बीङ्गबाल भत्किएको छ । गण्डकी प्रदेश र देशभर बाढी पहिरोले पु¥याएको क्षति प्रति नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी दुःख व्यक्त गर्दछ भनिएको छ।

    यस विपतको घडीमा राहत तथा उद्धारमा जुट्न स्थानिय सरकार, स्थानिय प्रशासन, नागरिक समाज, पार्टी पंक्ति र आम जनसमुदाय सक्षम पार्टी हार्दिक अपील गर्दछ । बाढी पहिरोका कारण क्षति ग्रस्त भएका सबै स्थानहरुको विवरण शिघ्र संकलन गर्न तथा क्षति पुगेका स्थानहरुमा राहतको घोषणा गर्न नेपाल सरकार र गण्डकी प्रदेश सरकार समक्ष नेकपा (एमाले) गण्डकी प्रदेश जोडदार माग गर्दछ ।

    अघिल्लो बर्ष मनाङ्ग जिल्लामा र यस बर्ष मुस्ताङ्ग जिल्लामा बाढी पहिरोले ठूलो धनजनको क्षति पु¥याएको घटनाले जलबायु परिवर्तनको गहिरो असर हिमाली क्षेत्रमा क्रमशः बढीरहेको स्पष्ट देखिन्छ ।

    जलबायु परिवर्तनको असर न्यूनिकरणका कार्यक्रमहरु अगाडी बढाउन तथा विश्व समुदायलाई समेत यसका लागि अपिल गर्न नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराएको गण्डकी प्रदेश प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिएका छन ।

    received_648624203893093.jpeg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ