Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बुढिखोलामा पूल निर्माणका लागि सांसद कार्कीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण


ग्लोबल पाना
मंगलबार, साउन ३० २०८०
  • 406
    SHARES

  • images
    बुढिखोलामा पूल निर्माणका लागि सांसद कार्कीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

    पोखरा । सभामा कास्की क्षेत्र न २ ( १) बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले बुढिखोलामा पूल निर्माणका लागि प्रदेश सभा मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

    images
    images
    images

    मंगलबार प्रदेश सभाको जारी अधिबेशनको शुन्य समयमा बोल्दै उहाँले पोखरा महानगरपालिका वडा न २१ को दोपहरे - माझगाउँ - बक्रेक - स्याङ्जाको पौवेगौडे जोड्ने ११ कि मि लामो कृषि सडक निर्माण भएको एक बर्ष एक महिना बितिसक्दा पनि पूर्णरूपमा संचालनमा कठिनाइ भएको बताउनुभयो।

    प्रदेश सरकारको एक निर्बाचन क्षेत्र एक कृषि सडक कार्यक्रम अन्तर्गत सो सडक निर्माण भएको उल्लेख गर्दै कार्कीले सो सडक निर्माणका क्रममा नै निर्माण पूरा हुनुपर्नेमा सडक निर्माण सम्पन्न भएर हस्तान्तरण भएको एक बर्ष एक महिना बितिसक्दा पनि पूल नबनेको उल्लेख गर्दै तत्काल सो पूल निर्माण कार्य अघि बढाउन संसद मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउदछु उहाँले भन्नू भएको छ।

    उक्त पूल नबन्दा बर्षातको समयमा आबागमनमा बाधा पुगेको भन्दै जनताहरू जोखिम मोलेर यात्रा गर्नु परेको तर्फ गम्भीरतापूर्बक ध्यान दिन सरकार संग जोड्दार माग गर्दछु कार्कीले भन्नू भयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ