काठमाडौं । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निणर्यबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएकोमा खुला गरिएको बताए।
‘कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ,’ उनले भने।
जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ। त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्रिष्टल क्वार्ज) गोरखा दरबारमै राख्ने निणर्य गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


