Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अनेरास्ववियुद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा १ घण्टा चक्काजाम


ग्लोबल पाना
बुधबार, साउन ३१ २०८०
  • 261
    SHARES

  • images
    अनेरास्ववियुद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा १ घण्टा चक्काजाम

    बुटवल । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ ।

    images
    images
    images

    नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेको हो ।

    अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिहान सात बजेदेखि आठ बजेसम्म सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा चक्काजाम गरेको अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले बताए ।

    सो क्रममा विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटिर १४ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ