काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्यवृद्धि भएको २४ घण्टा नपुग्दै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।
मंगलबार मध्यरातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो । इन्धनको मूल्य बढेसँगै बुधबार दिउँसो यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो ।
विभागले यात्रुवाहक र मालवाहक सवारीको भाडा पनि वृद्धि गरेको हो । नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ भाडा प्रतिशतले बढेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


