Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सांसद कार्कीद्वारा लम्पिस्किन भाइरस बिरुद्ध सार्बजनिक महत्त्वको प्रस्ताव दर्ता


ग्लोबल पाना
बुधबार, साउन ३१ २०८०
  • 746
    SHARES

  • images
    सांसद कार्कीद्वारा लम्पिस्किन भाइरस बिरुद्ध सार्बजनिक महत्त्वको प्रस्ताव दर्ता

    पोखरा । गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २(१) बाट निर्बाचित साम्सद भिम बहादुर कार्किले गण्डकी प्रदेश सभामा बुधबार लम्पिस्किन भाइरस बिरुद्ध सार्बजनिक महत्त्वको प्रस्ताव दर्ता गर्नु भएको छ।

    images
    images
    images

    प्रस्ताव दर्ता गर्दै कार्कीले गण्डकी प्रदेशमा ठुलो महामारीको रूपमा फैलिएको सो रोग नियन्त्रणमा प्रदेश सरकारको शसक्त कदम आबश्यक भएको भन्दै तत्काल रोकथामका उपाय सहित उपचार र नियन्त्रणका उपाय अगाडी बढाउन आग्रह गर्नु भयो।

    कार्कीले गण्डकी प्रदेशमा मात्रै ७९४८१ गाई भैसिमा संक्रमण देखिँदा ,३२४७ को मृत्यु भैसकेको र अझै चालीस हजार संक्रमणमै रहेको भन्दै खोपको अपर्याप्तता रहेको तर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

    उहाँले यो रोगको प्रकोपले अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको र किसानहरूलाई तत्काल राहत सहित क्षति न्यूनीकरण तर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्नु भयो ।

    बिमा गरिएका गाइभैसीहरू मृत्यु भैसकेपछी किसानहरूले क्षतिपूर्ति बापतको बिमा रकम भुक्तानीमा समेत केही बिमा कम्पनीहरूले आनाकानी गरिरहेको सूचना आएको भन्दै बिमा भुक्तानीमा तत्काल सरकारको ध्यानाकर्षण गर्दछु कार्कीले उल्लेख गर्नु भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ