काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कुनै पनि कार्य गर्नको लागि योजना बनाएर मात्र अगाडि बढ्नु पर्ने बताउनु भयाे ।
आज काठमाडौंमा आयोजित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको वार्षिक प्रगति सार्वजनिकीकरण तथा मन्त्रीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्वालाले बजेट कम भएसँगै काम गर्ने क्रममा भोगेको समस्या नै महत्त्वपूर्ण अनुभव भएको बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘बजेटको कमी बजेटको अभाव स्रोत व्यवस्थापनको समस्या हामीले झेल्दै आएको सबै भन्दा ठूलो समस्या हो । कुनै पनि काम गर्नको लागि योजना बनाउनु पर्छ । ती योजना कार्यान्वयन गर्नुपर्छ । कार्यान्वयन गर्ने क्रममा के के समस्या आए, के के समस्या देखियो, के के समस्यासँग जम्का भेट भयो र त्यसको समस्या कसरी गर्यौ भन्ने कुरा मुख्य पक्ष हो ।’
मन्त्री ज्वालाले नागढुङगा सुरुङ मार्ग छिट्टै नै सम्पन्न गर्ने र त्यसले सवारी साधन सञ्चालनमा सहयोग पुग्ने बताउदै यस कार्य नेपालको लागि नमुना कामको रूपमा चिनिने छ भन्नु भयाे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


