Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बंशजको नेपाली नागरिकतालाई निरन्तरता दिन गैरआवासीय नेपाली संघ युकेको माग


ग्लोबल पाना
बिहीबार , साउन ३२ २०८०
  • 327
    SHARES

  • images
    बंशजको नेपाली नागरिकतालाई निरन्तरता दिन गैरआवासीय नेपाली संघ युकेको माग

    काठमाडौं । गैरआवासीय नेपाली संघ युकेले वंशजको आधारमा नेपाली नागरिकता पाएका गैर आवासीय नेपालीको नागरिकतालाई निरन्तरता दिन माग गरेको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाइ बिहीबार ज्ञापनपत्र बुझाउँदै गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैंका लागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३को दफा १० संशोधन गर्न माग गरेका छन्।

    images
    images
    images

    ‘आर्थिक तथा अन्य कारणले देश छाडेका गैर अवाासीय नेपालीहरु वंशज नागरिकका रुपमा बिदेशीएका नेपाली भएकाले उनीहरुको नेपाली वंश, परम्परा, भेषभूष, भाषा संस्कृति, समाज, नेपाल र नेपालीसंगको नातालाई चुँडाउने कार्य दीर्घकालिनरुपमा नेपाल र नेपालीको हितमा छैन’ ज्ञापनपत्रमा भनिएको छ। ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ को दफा १० को साविक ब्यबस्थाले नेपालीको साविकमा रहेको नागरिकता खोसेर सधैका लागि गैर नेपाली बन्न बाध्य बनाउने उल्लेख गर्दै साविकको ब्यबस्था संशोधन गरि नेपाली नागरिकतालाई निरन्तरता दिन माग गरिएको छ।

    नेपाल नागरिकता ऐन, २०६३ को दफा १० ‘नेपालको कुनै नागरिकले आफू खुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भन्ने ब्यबस्था गरेको छ। अध्यक्ष तिमिल्सिनाले ज्ञापनपत्र बुझ्दै नागरिकता ऐन संशोधन राजनैतिक दलहरुको सहमतिका आधारमा हुन सक्ने भएकाले त्यसका लागि पहल गर्न गैरआवासीय नेपालीहरु सुझाब दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ