Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

१ वर्षमा भैरहवामा ६६ हजार किलो ब्रोइलर कुखुरा नष्ट


ग्लोबल पाना
बिहीबार , साउन ३२ २०८०
  • 329
    SHARES

  • images
    १ वर्षमा भैरहवामा ६६ हजार किलो ब्रोइलर कुखुरा नष्ट

    भैरहवा । सीमावर्ती बजार क्षेत्रमा प्रमुख समस्याको रुपमा अवैध कुखुराको तस्करी रहेको छ । रोग परीक्षणबिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा यसले मानव स्वास्थ्यमा असर पर्ने उच्च सम्भावना रहे पनि भारतबाट अवैध कुखुरा आउने क्रम रोकिएको छैन ।

    images
    images
    images

    भारतबाट वर्डफ्लु भित्रिन नदिन पंक्षी तथा पक्षीजन्य वस्तु ल्याउन प्रतिबन्ध रहेकोले भारतबाट नेपाल ल्याउँदै गरेका चल्ला र तयारी कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिने गरिन्छ । अवैध चल्ला र कुखुरा ल्याउनेहरुलाई कारबाही समेत हुने गरेको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभिन्न युनिटहरु हुँदाहुँदै पनि खुला सीमाका कारणा अवैध कुखुरा, मासु चल्ला, माछा र अण्डा नेपाल भित्रिँदै आएका छन् ।

    सुरक्षा निकाय र भन्सारले बरामद गरेको अवैध पशुपंक्षी तथा पशुजन्य पदार्थको प्रक्रिया गत रुपमा नष्ट गर्ने गरिन्छ । पशु क्वारेन्टाइन कार्यालय भैरहवा रुपन्देहीले मात्रै आर्थिक वर्ष २०७९/८० मा ६६ हजार २ सय एक किलो ब्रोइलर कुखुरा, २१ हजार ८ सय ६५ वटा ब्रोइलर कुखुराको चल्ला, १ हजार ३ सय ११ किलो कुखुराको मासु, २ हजार एक सय वटा सेतो अण्डा, ३ हजार ८ सय ४५ किलो माछा, २ सय ३० किलो बंगुरको मासु, ७ सय ५० किलो सिद्रा माछा र ५ सय ६१ वटा एक्वेरियम माछा नष्ट गरेको छ ।

    कार्यालय प्रमुख डा भक्त निउरेका अनुसार कार्यालयअन्तर्गत बेलहिया, कृष्णनगर र महेशपुरमा पशु क्वारेन्टाइन चेकपोष्ट रहेकोमा ती पोस्टअन्तर्गत एकवर्षको अवधिमा २२ हजार ८७ वटा अर्थात् विगतको वर्ष भन्दा अहिले ३ गुणा बढि ब्रोइलर कुखुरा नष्ट गरिएको छ ।

    अवैध वस्तु नष्ट गर्नेमा बेलहिया पोस्ट नै सबैभन्दा बढी ११ हजार ५ सय १४ वटा ब्रोइलर कुखुरा नष्ट गरेको छ । त्यस्तै कृष्णनगरले १ हजार ६ सय ९ र महेशपुरले ८ हजार ९ सय ६४ वटा ब्रोइलर कुखुरा नष्ट गरेको छ । कार्यालय प्रमुख निउरेले अवैध मासुजन्य पदार्थ बरामद गरी खानयोग्य नहुने भएपछि हामीले नष्ट गर्ने गरेका छौं, हाम्रै रोहबरमा सुरक्षा निकायले बरामद गरेको अवैध कुखुरा लगायतमा मासुजन्य वस्तु पनि नष्ट हुदै आएको छ ।

    क्वारेन्टाइनविनै अवैध बाटोबाट भित्रिएका मासुजन्य पदार्थ खानका लागि योग्य हुदैन । उपभोक्ता सचेत हुने हो भने अवैध बाटोबाट मरेका, सडेगलेको, विषादी प्रयोग गरेर भित्र्याइएका मासुजन्य पदार्थ विक्री पनि नहुने बताए । आर्थिक वर्ष २०७८/७९ मा १९ हजार ८ सय ४२ किलो कुखुरा नष्ट गरिएकोमा अहिले यो संख्या ३ गुणाले बढेर ६६ हजार २ सय १ किलो पुगेको छ ।

    यस्तै आर्थिक २०७८/७९ मा ४५ हजार १ सय ४० वटा चल्ला, ७ सय ६० केजी कुखुराको मासु, २ हजार ६ सय ४० वटा सेतो अण्डा, २ हजार ७ सय ५८ किलो खाने माछा र ४ सय ५० किलो अवैध वंगुरको मासु नष्ट गरिएको कार्यालय प्रमुख डा. निउरेले जानकारी दिए ।

    यसका साथै कार्यालयले सीमा क्षेत्रमा अनाधिकृत रुपमा खोलिएको ८ वटा ब्रोइलर फार्म बन्द गरिएको, अवैध कुखुरा ओसारपसारमा संलग्न व्यक्तिहरुबाट सुरक्षा निकायको सहयोगमा ७ लाख २३ हजार दण्ड जरिवाना गरिएको, अवैध कुखुरा ढुवानीमा प्रयोग भएको ३२ वटा मोटरसाइकल, ४ वटा अटो रिक्सा र २ वटा पिकअप कारवाहीका लागि भन्सार पठाएको छ भने जिल्लामा अवैध रुपमा कुखुराको मासु विक्री वितरण गरेका ५ वटा मासु पसल निसंक्रमण गरि बन्द गरिएको कार्यालय प्रमुख डा निउरेले भने ।

    नेपाली बजारमा कुखुराको मूल्य बढेको मौका छोपेर बिचौलियाहरूले भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने गरेका छन् । तर, छोटो दूरीको सिमाना रहेकाले तस्करहरूले भारतबाट आयात गरेर ल्याएका कुखुरा पनि नेपालकै कुखुरा भएको दाबी गर्ने गरेका छन् । यसरी अवैध रूपमा कुखुरा आयात हुँदा नेपाली कुखुरा व्यवसायी मर्कामा पर्ने कुरा त छँदै छ, मानव स्वास्थ्यमा समेत असर परिरहेको छ ।

    महँगो दरमा दाना तथा चल्ला खरिद गरेका व्यवसायीहरूले मूल्य बढाएर बिक्री गर्न खोज्दा भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने तस्करहरूले सस्तो मूल्यमा बिक्री गरिदिँदा व्यवसायी मर्कामा परेको नेपाली कुखुरा व्यवसायीको भनाई छ ।

    भारतबाट अवैध रूपमा आयात हुने कुखुरामा बर्डफ्लूको सम्भावना बढी हुने भएकाले नेपाली कुखुराको मासु नै सेवन गर्नु पर्नेमा उपभोक्ताहरु पनि सचेत नहुदा समस्या आउने गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ