Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सबै मिलियो भने मात्र परिणाम आउँछ : कांग्रेस प्रवक्ता डा. महत


ग्लोबल पाना
बिहीबार , साउन ३२ २०८०
  • 335
    SHARES

  • images
    सबै मिलियो भने मात्र परिणाम आउँछ : कांग्रेस प्रवक्ता डा. महत

    सिराहा । सबै मिलियो भने मात्र परिणाम आउँछ, म भए सबै हुन्थ्यो, अर्को भएर भएन भनियो भने परिणाम नआउने अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

    images
    images
    images

    सिराहमा नेपाली कांग्रेस आन्तरिक विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै नेता डा. महतले भन्नुभयो, ‘कसैले पनि एक्लै परिणाम ल्याउन सक्दैन । बीपी कोइरालाले पार्टीको नेतृत्व गर्दा त गणेशमान, कृष्णप्रसाद र सुवर्णशमशेरको आवश्यकता परेको थियो । अहिले त्यस्तो कोही पनि छैन ।

    त्यसकारण कसैले वा कुनै पुस्ताकाले म भए सबै हुन्थ्यो, अरु भएर यस्तो भन्नु बेकारको कुरा हो ।’ ‘संस्थाको निर्णय लिएर जनताको बीचमा जानुपर्छ । संस्थागत कुरा सामाजिक सञ्जालमा उल्टापाल्टा गरियो भने जनता दुविधामा पर्छन् ।

    संस्थागत निर्णय जे हुन्छ, त्यो लिएर एउटै भावनाका साथ जनताका बीचमा जान डा. महतले आग्रह गर्नुभयो । नेपाली कांग्रेसप्रति आस्था र समर्थनका बाबजुद मतदानका बेला रुपान्तरण नहुनुमा पार्टीभित्रको अनेकता जिम्मेवार रहेको उनको ठहर छ ।

    उहाँले भन्नुभयो, ‘एकले अर्कालाई नसहने प्रवृत्ति जिम्मेवार छ । बरु अर्को पार्टीको जोसुकै होस, यो चाहिँ हुनुहुन्न, यो चाहिँ हारिजाओस् भन्ने मानसिकता हाबी छ ।’ ‘पार्टीभित्र साथीसँगको मतभेद, असन्तुष्टि छ भने पनि आखिर यो पार्टीकै साथी हो, मेरो काम नगरे पनि पार्टीकै काम गर्छ, त्यसकारण म यसलाई मत हाल्छु भन्ने निष्कर्ष निकाल्नुपर्ने उहाँको भनाइ छ ।

    नेपाली कांग्रेस पार्टी दुःख सुख, अप्ठ्यारो सप्ठ्यारो, प्रवाश, जेल, पुलिसको ठण्डा लोकतन्त्र र नेपाली नागरिकको अधिकार सुनिश्चित गर्नका लागि खाएको छ ।

    आफूले चुनेको जनप्रतिनिधिले शासन गर्ने व्यवस्था र ती जनप्रतिनिधिले काम गरेनन भने हराएर अर्कोलाई निर्वाचित गर्ने व्यवस्था नेपाली कांग्रेसको अगुवाइमा भएको भन्दै उहाँले नेपालमा जति पनि आन्दोलन र परिवर्तन भए, नेपाली कांग्रेसको नेतृत्व बिना सम्भव नभएको दाबी गर्नुभयो ।

    ‘नागरिकताको समस्या मधेशमा बढी छ, त्यसलाई अरु कसैले पार लगाउन सकेको थिएन, प्रतिपक्षी दल एमालेले नागरिकताको विषय अलमल्याएको सबैलाई थाहा छ, नेता डा. महतले भन्नुभयो, ‘मधेशवादी दलहरुले पनि त्यो विषयलाई निक्र्योलमा पुर्याउन सक्ने अवस्था थिएन ।

    नेपाली कांग्रेसले मात्र निक्र्योलमा पुर्याउन सक्छ, कांग्रेसकै कारण अहिले कानुन बनेको छ ।’ भर्खर जन्मिएको राजनीतिक दलजस्तो कर्तव्यबाट भाग्ने पार्टी नेपाली कांग्रेस नभएको उहाँको भनाइ छ । कांग्रेस परिचित पार्टी हो, अप्ठ्यारोमा भाग्दैन । कांग्रेस सदाबहार पार्टी हो, कहिले तल भयो भनेर आत्तिदैन, माथि पुग्यो भनेर मात्तिदैन ।

    कांग्रेससँग इतिहास छ, सिद्धान्त छ, त्यसकारण कांग्रेस हुनुमा गर्व गर्नुपर्ने उहाँको भनाइ छ । गठबन्धनको सरकार छ, निर्वाचिन अघि पनि हामी सँगसँगै थियौं, बीचमा गडबडी भएकै हो, अहिले सँगै छौं । यो सरकार पूरा समय टिक्छ । हामी परिणाम देखाएर काम गर्ने पक्षमा छौं ।

    सिराहको शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, सडक सञ्जाल र भौतिक पूर्वाधारको विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो । समयमै गृहकार्य गरेर आउँदो बजेटमा यो क्षेत्रको धेरै समस्या सम्बोधन गर्ने प्रयास गर्ने मन्त्री डा. महतले बताउनुभयो ।

    ‘पार्टी नेतृत्वमा बढीभन्दा बढी महिलालाई जोड्नुपर्छ । महिला दिदीबहिनीहरुलाई जिम्मेवारी दिनुपर्छ । उहाँहरुलाई जिम्मेवारी दिइयो भने परिणाम देखाउनुहुन्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘केन्द्रमा जतिसुकै ठूला कुरा गरे पनि वडा वा टोलमा हुने कांग्रेस कार्यकर्ता चलायमान भएन भने पार्टी बलियो हुँदैन ।

    हामीले उत्साह भर्ने कोसिस मात्र गर्ने हो । हामी सबैसँग हरेक समय पुग्न सक्दैनौं, जहाँ स्थानीय तहमा एकता छ, त्यहाँ कांग्रेसले जित्छ, नभएको ठाउँमा कांग्रेस पराजित हुन्छ । त्यसकारण स्थानीय तह संगठनका लागि एकदमै महत्वपूर्ण छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ