Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

उच्च तहमा रहेका सबै नेताको सम्पत्ती छानविन गर्नुपर्छ : मन्त्री गुरुङ


ग्लोबल पाना
शुक्रबार, भदौ १ २०८०
  • 1,196
    SHARES

  • images
    उच्च तहमा रहेका सबै नेताको सम्पत्ती छानविन गर्नुपर्छ : मन्त्री गुरुङ

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुने बताएका छन्। गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् ।

    images
    images
    images

    शुक्रबार भएको नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका हुन् । सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुने बताए ।

    ‘सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर उनी भन्छन् त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन,’ ‘यो कार्यान्वयन नै गर्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’

    मन्त्री गुरूङले साधारण हेलचेक्र्र्याँइले मात्रै विमानस्थलबाट त्यति ठूलो परिमाणमा सुन बाहिरिन नसक्ने बताए। त्यसमा ठूलै मान्छैको संलग्नता हुनसक्ने र प्रहरीले त्यसबारेमा छानबिन गरिरहेको उनले बताए। सरकार सुशासन कायम गर्न प्रतिबद्ध भएर अगाडि बढेको पनि मन्त्री गुरूङले बताए। 

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ