Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल प्रज्ञा-प्रतिष्ठानको ‘इ-बुकिङ’ हलसेवा शुभारम्भ


ग्लोबल पाना
शुक्रबार, भदौ १ २०८०
  • 255
    SHARES

  • images
    नेपाल प्रज्ञा-प्रतिष्ठानको ‘इ-बुकिङ’ हलसेवा शुभारम्भ

    काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि ‘हल इ-बुकिङ सेवा’ खुल्ला गरेको छ । प्रज्ञा-प्रतिष्ठानले उपलब्ध गराउँदै आएको कार्यक्रम हललाई अनलाइन माध्यमबाट नै ‘बुकिङ’ गर्न सक्ने व्यवस्थाका लागि ‘हल इ-बुकिङ सेवा’को आज एक समारोहका बीच शुभारम्भ गरिएको हो ।

    images
    images
    images

    प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल रार्ईले यस सेवाको शुभारम्भ गरे । कुलपति राईले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प नभएको भन्दै यस सेवाले हल प्रयोगकर्तालाई छिटो, छरितो र सर्वसुलभ सेवाप्रवाह गर्न सकिने जिकिर गरे ।

    प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले यस सेवाको प्रभावकारिता बढ्ने उल्लेख गर्दै वेबसाइटलाई आवश्यकताअनुसार परिमार्जनसमेत गरिने बताए ।

    सफ्टवेयर प्राइभेट लिमिटेडले निमार्ण गरेको ‘हल-इ -बुकिङ’ शुभारम्भ कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’, प्राज्ञ परिषद् सदस्य डा मधुसुदन गिरी, डा कृष्णराज अधिकारी, बाबा बस्नेत, त्रैलोक्यमान बनेपाली ‘अगिव’, अमर न्यौपाने, हङ्सावती कुर्मी, प्राज्ञसभा सदस्य चेतनाथ धमला, प्रशासन प्रमुख सुमन अधिकारी, महाशाखा प्रमुख र प्रज्ञा प्रतिष्ठानका सम्पूर्ण साहित्यकार, कलाकार तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ