भरतपुर । चितवन उद्योग संघको आयोजनामा चितवनका प्रमुख जिल्ला अधिकारीको सम्मानमा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागतसँगै संघका गतिविधिहरुको बारेमा प्रकाश पार्नुभएको थियाे ।
फेरी भेटौंला कार्यक्रममा वि.सं. २०७९ माघ १६ गतेदेखि २०८० साउन ३१ गतेसम्म चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रही समग्र चितवनको शान्ति–सुरक्षा, अमनचयन एवं औद्योगिक क्षेत्रको सुरक्षा र उन्नयनका लागि निजी क्षेत्रसँग उच्चतम सहकार्य गरी औद्योगिक प्रवद्र्धनका क्षेत्रमा चितवन उद्योग संघको अभियानमा प्रशंसनीय भूमिका निर्वाह गर्नुभएकोमा नेपाल सरकारका सहसचिव चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सम्मान गरिएको थियो ।
बिदाई मन्तव्य व्यक्त गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उत्पादन र रोजगारीलाई समाजसँगै जोड्ने संघका अभियानहरु प्रति आफूले निकै चासोका साथ हेरेको र आगामि दिनहरुमा समेत आफू जहाँ रहँदा पनि संघका अभियानहरुको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, पूर्व अध्यक्ष भेषराज दुवाडी, उपाध्यक्षहरु मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, कार्यसमिति सदस्य जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, परमेश्वर भण्डारी, विशाल चापागाई, महिला उद्यमी मञ्चका सदस्य अम्बिका धिताल लगायतको उपस्थिति रहेको थियो ।
उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संघका उपाध्यक्ष युग राज वस्तीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


