Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राजमार्ग सञ्चालन गर्न सरकारले प्राथमिकता दिएको छ : ज्वाला


ग्लोबल पाना
शनिबार, भदौ २ २०८०
  • 308
    SHARES

  • images
    राजमार्ग सञ्चालन गर्न सरकारले प्राथमिकता दिएको छ : ज्वाला

    सुदूरपश्चिम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहिरोले अवरुद्ध हुनपुगेको धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    पहिरो प्रभावित भीमदत्त राजमार्गको बूढीतोला सडक खण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै मन्त्री ज्वालाले सुदूरपश्चिम प्रदेशको महत्त्वपूणर् भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रतिसरकारको ध्यान गएको बताए ।

    उक्त सडक खण्डमा गत साउन २२ गते राति गएको पहिरोसँगै सडकसमेत भाँसिदा झण्डै एक हप्तासम्म आवागमन ठप्प भएको थियो । पहिरो पञ्छाई केही समय यातायात आवागमन आंशिकरुपमा सञ्चालन गरिए पनि पहिरो जाने क्रम नरोकिँदा सडक समस्या भइरहेको छ ।

    उक्त सडक खण्डमा पहिरो पञ्छाउने काम आजसम्म पनि जारी छ । उक्त खण्डमा दुई तर्फी यातायात सञ्चालन गर्न समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

    सडक खण्डको झण्डै चारसय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको थियो भने एकसय मिटर लामो भागमा सडकमा भासिँएको थियो । यो राजमार्गले सुदूरपश्चिम प्रदेशका पहाड र तराईका सबै जिल्लालाई सडक सञ्जालले जोडेको छ ।

    मन्त्री ज्वाला नेतृत्वको अनुगमन निरीक्षण टोलीमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीसमेत सहभागी थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ