Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंका ५२ ठाउँमा आज ५ घन्टा विद्युत अवरुद्ध हुने


ग्लोबल पाना
शनिबार, भदौ २ २०८०
  • 213
    SHARES

  • images
    काठमाडौंका ५२ ठाउँमा आज ५ घन्टा विद्युत अवरुद्ध हुने

    काठमाडौं । आज शनिबार काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुनेबारे जानकारी गराएको हो।

    images
    images
    images

    लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको सूचनामा भनिएको छ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ। निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ