Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

खाद्य संकट देखिने भए पछि उत्तर काेरियाका सर्वाेच्च नेता किम जोङ पुगे धान खेतमा


ग्लोबल पाना
शनिबार, भदौ २ २०८०
  • 239
    SHARES

  • images
    खाद्य संकट देखिने भए पछि उत्तर काेरियाका सर्वाेच्च नेता किम जोङ पुगे धान खेतमा

    प्योङयाङ । अहिलेसम्म तपाईले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई मिसाइल र रकेट लिएर देख्नु भएको होला तर यतिबेला उनी धान खेतमा देखिएका छन् ।

    images
    images
    images

    उनको मन र दिमागमा कुनै परिवर्तन भइरहेको छ वा अन्य कुनै कारण छ भन्ने अझै खुलेको छैन तर यतिबेला उत्तर कोरियामा खाद्य संकट छ, त्यसैले उनी धानबाली हेर्न धानबारी पुगेका हुन् सक्ने जनाइएको छ । समाचार अनुसार खाद्य उत्पादन बढाउनका लागि उनले सेनालाई समेत परिचालन गरेका छन् ।

    सो कार्यमा उपलब्धी हासिल भएको देखिए पछि सेनाको प्रशंसा गर्दै उनले आफू माथिको जिम्मेवारी थपिएको बताए । ‘हामी खाद्य संकटबाट गुज्रिरहेका बेला कुनै पनि जमिन खाली रहन नपरोस्,’ उनले भने । केसीएनएका अनुसार यतिबेला उत्तर कोरियामा खाद्यान्न संकट गहिरिएको छ ।

    यसअघि सन् १९९० मा प्राकृतिक प्रकोपका कारण भोकमरीको सामना गर्नुपरेको थियो । कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय सिमानामा सुरक्षाकर्मी बढेमा संकट थपिने विज्ञहरू बताउँछन् । यसबाहेक किमको बारेमा भनिएको छ कि उनले सेनालाई बलियो बनाउन सबै साधन प्रयोग गरिरहेका छन् र यसले आम जनताको जीवनमा असर गरिरहेको छ ।

    समाचारअनुसार खेतीयोग्य जमिनको प्रत्येक टुक्रालाई बेवास्ता गर्न नसकिने र त्यसका लागि हेलिकप्टर र अन्य हलुका यातायातका विमान प्रयोग गर्ने निणर्य गरिएको बताइएको छ । खेतमा हुर्किरहेको बालीलाई नोक्सान नहोस् भनेर कीटनाशक छर्कनमा पनि जोड दिइएको छ ।

    उता यसैबिच हालै देखिएको हावाहुरीका कारण बालीनालीमा क्षति पुगेको बताइएको छ । जसकाकारण करिब १४ हजार कोरियाली नागरिकलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ