Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रमुख दलले सिण्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरेः कमल थापा


ग्लोबल पाना
आइतबार, भदौ ३ २०८०
  • 238
    SHARES

  • images
    प्रमुख दलले सिण्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरेः कमल थापा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगाएका छन्।

    images
    images
    images

    थापाले प्रमुख भनिने दलहरुले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै तिब्र रोष प्रकट गरेका छन्।

    पार्टीको काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो भने संघीय गणतन्त्र नाममा अहिले लुकमा कायम ब्यबस्थाको नै अन्त्य जरुरी भएको समेत बताए।

    राप्रपा नेपाल भबिष्यमा सत्ता केन्द्रीत हैन , जनता केन्द्रीत भएर जनता र देशको हितको लागि अगाडि बढ्ने संकल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे।

    मुलुकमा बिदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिबर्तन, महंगीको मारमा सिंगो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहरी खेलले बिधिको शासनको उपहास भएको समेत जिकिर गरे।

    कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल ,श्याम घिमिरे, राजकुमार खड्का, दिबेश नापित लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न नबप्रबेशीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ