Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठको आज संसदीय सुनवाइ


ग्लोबल पाना
सोमबार, भदौ ४ २०८०
  • 324
    SHARES

  • images
    प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठको आज संसदीय सुनवाइ

    काठमाडौं। सदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज संसदीय सुनुवाइ गर्ने भएको छ। उजुरीको समयसीमा समाप्त भएपछि आइतबार बसेको समिति बैठकले सुनुवाइको निणर्य गरेको हो। सुनुवाइअघि सोमबार नै एक जना उजुरीकर्तासँग समितिले छलफल गर्ने छ।

    images
    images
    images

    उनीविरुद्ध इमेलबाट दुई र सचिवालयमा दर्ता भएको एउटा उजुरी परेको छ। विषयवस्तुका आधारमा एक जनासँग समितिले छलफल गर्न लागेको हो। कार्यसम्पादन र मुद्दाको विषयमा रहेको उजुरीमा समितिले उजुरीकर्तासँग छलफल गर्ने निणर्य गरेको छ।

    संघीय संसद्का प्रवक्ता एकराम गिरीले आज प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइ हुने बताए। उनले भने, “उजुरीकर्तासँग र प्रस्तावित प्रधान न्यायाधीश दुवैसँग आज छलफलको कार्यसूची रहेको छ।” समितिले साउन २३ गते सुनुवाइ प्रक्रिया आह्वान गर्दैै प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो।

    उजुरीको प्रक्रिया सकिएपछि समितिले सुनुवाइको मिति तोकेको हो। आजै समितिले निणर्य प्रक्रियासमेत सम्पन्न गर्ने छ।

    संघीय संसद्को संयुक्त बैठक तथा समिति सञ्चालनसम्बन्धी नियमावली अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले निणर्य गरिसक्नुपर्ने छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ