Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बाबुराम भट्टराई र माधव नेपालसँग सीआईबीले लियो बयान


ग्लोबल पाना
सोमबार, भदौ ४ २०८०
  • 335
    SHARES

  • images
    बाबुराम भट्टराई र माधव नेपालसँग सीआईबीले लियो बयान

    काठमाडौं। चर्चित वालुवाटार ललिता निवास प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ। आइतबार राति पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालसंग बयान लिएको हो।

    images
    images
    images

    सिआइबीको टोली घरमै पुगेर बयान लिएको हो। सोमबार बिहान एक ट्वीट सन्देशमार्फत् डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता बारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जानकारी दिएपछि मात्रै बयान लिएको खुलेको थियो।

    उनले लेखेका छन्, ’ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निणर्य सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु।’

    माधव नेपालको सचिवालयले पनि सिआइबीको टोली घरमा आएर बयान लिएको पुष्टि गरेको छ।

    ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्बाट भएका निणर्यमा संलग्न भएकामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धन दलको दबाबमा नेपाल र भट्टराईसँग बयान नलिई अनुसन्धान टुंग्याउन लागेको थियो। तर चौतर्फी दबाब बढेपछि बयान लिएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ