Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम विजयी


ग्लोबल पाना
मंगलबार, मंसिर ६ २०७९
  • 225
    SHARES

  • images
    कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम विजयी

    कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् । निकतम प्रतिस्पर्धी सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीसँग पाँच हजार तीन सय ७१ मत अन्तरले २३ हजार एक सय २० मतसहित गङ्गाराम निर्वाचित भएका निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिए ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्रका कृष्णकुमारले १७ हजार सात सय ४९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका गौरीशङ्कर चौधरीले नौ हजार आठ सय ७४ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बमले सात हजार ४७ मत प्राप्त गरेका छन् । एक लाख सात हजार छ सय ५९ मतदाता सङ्ख्या रहेको उक्त क्षेत्रमा ६३ हजार चार सय ४० मत खसेको थियो ।

    उक्त क्षेत्रमा चार हजार २१ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सम्पन्न पछि अहिले प्रदेशसभा सदस्यको मतगणना जारी रहेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ