Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गोरखा-२ मा माओवादी केन्द्रका अध्यक्ष दाहाल १२ हजार मतले अगाडि


ग्लोबल पाना
बुधबार, मंसिर ७ २०७९
  • 237
    SHARES

  • images
    गोरखा-२ मा माओवादी केन्द्रका अध्यक्ष दाहाल १२ हजार मतले अगाडि

    गोरखा । चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।

    images
    images
    images

    आज साँझ ६ बजेसम्मको मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका हुन् । कूल ४१ हजार चार सय सात मतगणना हुँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत पाएका छन् । बुर्लाकोटी अध्यक्ष दाहालभन्दा १२ हजार छ सय ११ मतले पछाडि परेका छन् ।

    त्यस्तै नेकपा (एमाले) का अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहेका छन् । उनले अहिलेसम्म पाँच हजार छ सय ३६ मत प्राप्त गरेका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ