Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

चितवन २(१)मा एमाले र ३ (१)मा राप्रपा विजयी


ग्लोबल पाना
बिहीबार , मंसिर ८ २०७९
  • 271
    SHARES

  • images
    चितवन २(१)मा एमाले र ३ (१)मा राप्रपा विजयी

    काठमाडौं । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नम्बर २(१) र ३(१)को मत परिणाम आएको छ । प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नम्बर २(१) मा कृष्णप्रसाद सिलवाल विजयी भएका छन् ।

    images
    images
    images

    उनी एक हजार दुई सय ४० मतान्तरले विजयी भएका हुन् । उनले १६ हजार पाँच सय मत प्राप्त गर्दा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका घनश्याम दाहालले १५ हजार दुई सय ६० मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रुक्मागत पोख्रेलले पाँच हजार एक सय ९३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विनोद अधिकारीले जानकारी दिए ।

    यस क्षेत्रमा ४३ हजार ९७ मत खसेको थियो । जसमा तीन हजार ५० मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै चितवन क्षेत्र नं ३ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरबहादुर तामाङ विजयी भएका छन् । तामाङले नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेलाई दुई हजार आठ सय ५७ मतले पछि पार्दै विजयी भएका हुन् । आज बिहान सकिएको प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७ हजार आठ सय १३ मतका साथ तामाङ प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

    उनको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेले १४ हजार नौ सय ५६ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का कृष्ण भुर्तेलले ११ हजार छ सय २३ मत पाएका छन् । यस क्षेत्रमा आठ जना उम्मेदवार रहेका थिए । क्षेत्र नम्बर ३ (१)मा ५० हजार दुई सय १२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ