Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कास्की-३ मा एमालेका पौडेल विजयी


ग्लोबल पाना
शुक्रबार, मंसिर ९ २०७९
  • 222
    SHARES

  • images
    कास्की-३ मा एमालेका पौडेल विजयी

    काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका थिए ।

    images
    images
    images

    पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार पाँच सय ३५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका योगप्रसाद पौडेलले १२ हजार एक सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले दुई हजार चार सय ४२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा थिए । कास्की क्षेत्र नं ३ मा कुल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार दुई सय ८१ मत खसेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ