Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

स्याङ्जा-१ मा कांग्रेसका थापा विजयी


ग्लोबल पाना
शुक्रबार, मंसिर ९ २०७९
  • 275
    SHARES

  • images
    स्याङ्जा-१ मा कांग्रेसका थापा विजयी

    स्याङजा । स्याङ्जा-१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी भएका छन् । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गरेका छन् । थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गरे ।

    images
    images
    images

    थापाले ३१ हजार नौ सय ९९ मत पाउँदा उनका प्रतिस्पर्धी मरासिनीले २८ हजार सात सय ४४ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले छ हजार ६५ मत प्राप्त गरेका हुन् । थापा र मरासिनीबीच तेस्रो पटक प्रतिस्पर्धा भएको हो । स्याङ्जा क्षेत्र नं. १ मा २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका थापा विजयी भएका थिए ।

    विसं २०७४ को निर्वाचनमा एमाले नेता मरासिनी विजयी भएका थिए । स्याङ्जा-१ (१) मा नेकपा एमालेका सुधीरकुमार पौडेल विजयी भएका छन् । १ (२) मा नेकपा एमालेकै सीता सुन्दास विजयी भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ