Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

इजरायलमा रहेका नेपालीको जीवन रक्षा गर्न परिवार दलको अपिल


ग्लोबल पाना
सोमबार, असोज २२ २०८०
  • 293
    SHARES

  • images
    इजरायलमा रहेका नेपालीको जीवन रक्षा गर्न परिवार दलको अपिल

    काठमाडौं । नेपाल परिवार दलले इजरायल मा रहेका नेपालीहरुको जीवन रक्षा गर्न अपिल गरेको छ। परिवार दलका अध्यक्ष एकनाथ ढकालले सोमबार एक विज्ञप्ति जारी गर्दै इजरायलमा रहेका नेपालीको जीवन रक्षाका लागि अपिल गरेका हुन्।

    images
    images
    images

    “उच्चस्तरमा तुरुन्त संवाद गरि नेपालीहरुलाई सुरक्षित आफ्नो देश फर्कने वातावरण सृजना गर्न पनि हामी नेपाल सरकारलाई आग्रह गर्दछौं,” ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इजरायलमा रहनुभएका नेपालीहरुले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासले उपलब्ध गराएको सम्पर्कमा जोडिन तथा इजरायली सरकारले जारि गरेको सुरक्षा निर्देशनको पालन गर्न पनि अनुरोध गर्दछौं।”

    परिवार दलका अध्यक्ष एवं सांसद एकनाथ ढकालले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलमा रहेका ४ हजार ५ सयभन्दा बढी नेपालीको जीवन रक्षा गर्न अपिल गरेका छन्। “उच्चस्तरमा तुरुन्त संवाद गरि नेपालीहरुलाई सुरक्षित आफ्नो देश फर्कने वातावरण सृजना गर्न पनि हामी नेपाल सरकारलाई आग्रह गर्दछौं,” ढकालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “इजरायलमा रहनुभएका नेपालीहरुले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासले उपलब्ध गराएको सम्पर्कमा जोडिन तथा इजरायली सरकारले जारि गरेको सुरक्षा निर्देशनको पालन गर्न पनि अनुरोध गर्दछौं।”

    इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ। सयौं मानिस घाइते भएका छन् ।उक्त आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि नेपाली दुताबासले गरि सकेको छ । ६ जना नेपाली घाइते भएको समाचार छ।

    अध्यक्ष ढकालले इजरायल घटनामा ज्यान गुमाएका नेपालीहरुको शव स्वदेश ल्याउन तथा घाइतेको उद्दार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। परिवार दलले युद्धले कसैको भलो नगर्ने बताउँदै विवाद समाधानको उत्कृष्ट पद्धति शान्तिपूर्ण वार्ता र संवादमा जोड दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ