Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा एमालेले मात्रै पूरा गर्छः अध्यक्ष ओली


ग्लोबल पाना
शुक्रबार, मंसिर २२ २०८०
  • 497
    SHARES

  • images
    ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा एमालेले मात्रै पूरा गर्छः अध्यक्ष ओली

    पोखरा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन्। पार्टीको ‘झुलाघाट(चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत आज पोखरा महानगरपालिका-२७ तालचोकमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरे।

    images
    images
    images

    अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन-८४’ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताए। उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै संघर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए।

    “देशलाई सकारात्मक दिशामा फर्काउन हामी सचेत, सङ्गठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ, राजनीति मात्र नभएर विकास निर्माण र जनजीविकाका सवालमा पनि एमालेले नेतृत्व गर्छ”, उनले भने, “पार्टी पङ्क्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि संकल्प यात्राको आयोजना गरिएको हो ।”

    अध्यक्ष ओलीले खस्कँदो अर्थतन्त्र, बेरोजगारी जस्ता कारणले युवा जनशक्ति पलायन हुने क्रम तीव्र बनेको धारणा राखे। “देश निर्माणका लागि युवा जनशक्तिलाई देशभित्रै राख्नुपर्छ, हाम्रो देश हामी आफैँले बनाउने हो, अरूले कसैले बनाइदिएर देश बन्दैन”, अध्यक्ष ओलीले भने, “देशमै रोजगारीको सिर्जना र उद्यमशीलता विकास गर्नुपर्छ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ