Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निणर्य


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 312
    SHARES

  • images
    राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निणर्य

    गोदावरी । जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निणर्य गरेको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निणर्य गरेको हो ।

    images
    images
    images

    बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निणर्य गरेको छ । यसका साथै, कार्यकारिणी समितिले यही पुस २५, २६ र २७ गते पार्टीको राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।

    जसपा नेपालले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढङ्गले निरन्तरता दिने निणर्य गरेको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपा नेपालले यसबीच सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्षसमेत निकालेको छ

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ